ad ad

राजनीति


कांग्रेसको निर्णय : संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने

कांग्रेसको निर्णय : संघदेखि प्रदेशसम्म आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १६:४४, काठमाडौँ

नेपाली कांग्रेसले संघदेखि सातै प्रदेशमा आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने निर्णय लिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय लिएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। 

'संघदेखि प्रदेशसम्म कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भएको छ। संसदीय दलमा सभापति शेरबहादुर देउवाबाहेक गगन थापाले पनि उहाँले इच्छा देखाउनु भएको छ', उनले भने, 'कांग्रेस नेतृत्वमा सरकार बनाउने कुरा बैठकमा भएको छ। कांग्रेसकै नेतृत्वमा सरकार बनाउने गरी छलफल अघि बढाउँदैछौँ।'

उनले आगामी सरकारको गठनका लागि अन्य दलसँग संवाद र वार्ता अघि बढाउने निर्णय गरेको बताए। 

'सातै प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने या समर्थन गर्नेसहितका विकल्पलाई मध्यनजर राखेर प्रक्रिया अघि बढाउने कुरा भएको छ', महतले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .