ad ad

राजनीति


अहिले शेरबहादुरजीको विकल्प छैन, उहाँ नै प्रधानमन्त्री बन्नु हुन्छ : आरजु राणा

अहिले शेरबहादुरजीको विकल्प छैन, उहाँ नै प्रधानमन्त्री बन्नु हुन्छ : आरजु राणा

शनिबार बालुवाछटारमा आयोजित कार्यक्रममा देउवा दम्पति। तस्बिर : आरजु राणाको फेसबुकबाट


नेपालखबर
पुस ३, २०७९ आइतबार १६:१, काठमाडौँ

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन्। 

निर्वाचन आयोगले आइतवार समानुपातिकबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले यस्तो बताएकी हुन्।

कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी समानुपतिक सांसद राणाले संसदीय दलको नेता प्रतिस्पर्धाबाट चुनिने बताएकी छन्। 

कांग्रेस प्रजातान्त्रिक पार्टी भएको बताउँदै उनले प्रतिस्पर्धा गर्न चाहने जोसुकै पनि उठ्न सक्ने बताइन्। उनले प्रतिस्पर्धा गरेर नै राजनीतिको नेतृत्व स्थापित हुनुपर्ने पनि तर्क गरेकी छन्। 

'सर्वसम्मत भन्दा राजनीतिमा प्रतिस्पर्धाबाटै नेतृत्व स्थापित हुनुपर्छ। चुनावी प्रतिस्पर्धा भएपछि केही न केही नतिजा त आउँछ नै', उनले भनिन्, 'कांग्रेस डेमोक्रेटिक पार्टी भएकाले जोसुकैले प्रतिस्पर्धा गर्न पाउँछ। प्रतिस्पर्धाबाटै नेतृत्व स्थापित भएको राम्रो कुरा हो।'

उनले तत्कालैको स्थितिमा कांग्रस संसदीय दलको नेतामा देउवाको विकल्प नरहेको पनि बताइन्। 'म ज्योतिष ज्ञानको जानकार होइन। अहिलेको अवस्थामा शेरबहादुरजी प्रधानमन्त्री बन्नु हुन्छ जस्तो छ। निर्वाचनपछि कांग्रेस नै ठूलो पार्टी बनेकाले त्यो सम्भावना देखिएको छ।'

उनले संसदीय अभ्यासमा अंगणितले ठूलो अर्थ राख्ने बताउँदै अहिले पनि कांग्रेसभित्र नम्बर गेम भइरहेको तर्क गरिन्। प्रधानमन्त्रीमा गठबन्धनका सबै दलको दाबी भए पनि देउवाकै बलियो सम्भावना रहेको उनको तर्क थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .