राजनीति


पेरिसडाँडामा मा‌ओवादी पदाधिकारी बैठक, सरकारबारे निर्णय लिन सक्ने

पेरिसडाँडामा मा‌ओवादी पदाधिकारी बैठक, सरकारबारे निर्णय लिन सक्ने

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०७९ आइतबार १४:५५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ। सरकार निर्माणसहितका विषयबारे छलफल गर्न पदाधिकारी बैठक बसेको हो।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही बेरअघि बैठक सुरु भएको एकजना पदाधिकारीले जानकारी दिए।

‘२ बजे बस्ने भनिएको बैठक केही ढिला गरेर भर्खरै सुरु भएको छ,’ ती नेताले नेपालखबरलाई भने।

४ मंसिरको चुनावमा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ सिट जितेको माओवादी सरकार निर्माणको निर्णायक शक्तिका रुपमा संसदमा छ।

माओवादीले गठबन्धनभित्रबाट सरकार बनाउने प्रयास गरिरहेको छ। गठबन्धनमा पहिलो २ कार्यकालको प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने लबिङ भइरहेको बेला माओवादी पदाधिकारी बैठक बसेको हो।

बैठकले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा अघि बढाउनेबारे ठोस निर्णय गर्न सक्ने बताइएको छ। 

त्यसबाहेक आइतवारै दिउँसो बस्ने संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गर्न सक्ने सम्भावना पनि छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad