राजनीति


माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठनको एजेण्डा

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठनको एजेण्डा

फाइल।


नेपालखबर
पुस ३, २०७९ आइतबार ७:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी महासचिव देव गुरुङले जानकारी दिए। 

उनका अनुसार नयाँ सरकार गठन र संसदीय दलको नेता छान्ने विषयमा आजको बैठकमा छलफल केन्द्रित हुनेछ। ‘समसामयिक विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हौं,’ गुरुङले नेपालखबरसँग भने, ‘सरकार गठनको बेला छ, संसदीय दलबारे छलफल हुन्छ।’

माओवादी केन्द्रमा संसदीय दलको नेताका लागि विवाद छैन। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत दलको नेता चुनिने भएपनि सरकार गठन लगायतका अन्य विषयमा छलफल गर्नका लागि बैठक आह्वान भएको हो। 

यसअघि गत १७ र १८ गते पनि पदाधिकारी बैठक बसेको थियो।  पदाधिकारी बैठकले सरकारमा जाने सबै विकल्प खुला गरेको जनाएको थियो। यद्यपि पछि नेताहरुले सो निर्णय नभएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .