समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले १८ वर्ष मुनीका किशोरीसँग सहमतिमै यौन सम्पर्क गरेपनि जवर्जस्ती करणी ठहर हुने कानुनी व्यवस्था संशोधन गर्न माग गरेका छन्।
सफलले प्रधानमन्त्री कार्यालयमा पठाएको निवेदनमा मलुकी अपराध संहिता २०७४ को परिच्छेद–१८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उप दफा (२) संशोधन गर्न माग गरेका छन्।
सो दफामा ‘कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ’ भनेर उल्लेख छ।
‘माथि उल्लेखित प्रावधान हेर्दा सो प्रावधान संविधानको मर्म, भावना र व्यबस्थाको विरुद्धमा भएको र त्यस्ले भ्रम सिर्जना गरेको प्रष्ट देखिन्छ ।
तसर्थ त्यसलाई निम्नानुसार संशोधन गर्न आवश्यक देखिएकोले सोही बमोजिम सरकारबाट अध्यादेश ल्याई संशोधन गर्नुहुन समाजवादी केन्द्र नेपालको सर्वोच्च नेताको हैसियतमा आग्रह गर्न चाहन्छु’ उनले दिएको निवेदनमा उल्लेख छ।
सफलले सो व्यवस्था अन्तर्गत १८ वर्षको ठाउँमा १६ वर्ष कायम गर्न पनि माग गरेका छन्।
‘यस्तै सहमतिमै १८ वर्षकी नाबालिकासँग शारीरिक सम्बन्ध राखेको कारण नेपाली सिने जगतका नायक पल शाह र नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने पुर्पक्षको लागि जेल चलान भएका छन्’ उदाहरण दिँदै उनले निवेदनमा उल्लेख गरेका छन्, ‘अतः माथि उल्लेखित बँुदा एवम् व्यबस्था बमोजिम मुलुकी अपराध संहिता २०७४ संशोधन गर्न विशेष अध्यादेश ल्याउन समेत म आग्रह गर्दछु। र सोही अध्यादेशको आधारमा तत्काल नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल जेलमुक्त गरी क्रमश नेपाली सिने क्षेत्र र नेपाली क्रिकेट क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीलाई चिनाउने कार्यमा सहयोग गर्न अनुरोध गर्दछु।’
त्यस्तै गरी बलात्कार वा जबरजस्ती करणी भनेको के हो? यसको मापदण्ड के हो? बलात्कारको मापन कसरी गर्ने, बलात्कृत भएको वा गरेको भन्ने प्रमाण के कस्तो छ? त्यसको भरपर्दो र विश्वसनीय आधार, तथ्य र प्रमाणहरु के के हुन? आदि विषय पनि यस अन्तर्गत लेख्न र समावेश गर्न आवश्यक रहेको उनको भनाई छ। यदि त्यसो गरिएन भने आरोप लगाएकै भरमा प्रत्येक रात, दिन पुरुषले बलात्कारको आरोपमा जेल जान पर्ने र यसले समाजमा भयाबह रुप लिने उनको चेतावनी छ।



Shares

प्रतिक्रिया