दलित समुदायविरुद्ध फेसबुकमा एकपछि अर्काे स्टाटस लेखिरहेका धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङविरुद्ध दलित अधिकारर्मीहरूले मुद्दा हाल्ने चेतावनी दिएका छन्।
सुरुमा चमार जातिको अपमान हुने उखान प्रयोग गरेर स्टाटस लेखेका साम्पाङलाई राष्ट्रिय दलित आयोगले अभिव्यक्ति सच्याउन अनुरोध गर्दा उनी दलितप्रति झन्झन् आक्रामक हुँदै स्टाटस लेखिरहेका छन्।
उनका स्टाटस दलित समुदायलाई जातीय रूपमा हेप्ने किसिमका भएको भन्दै दलित अधिकारकर्मीहरूले उनीविरुद्ध मुद्दा हाल्ने चेतावनी दिएका हुन्।
अधिकारकर्मी धनकुमारी सुनारले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राजनीतिक र सामजिक रूपमा दरिद्र मानसिकता भएकाहरूसँग कानुनी उपायबाट उपचार खोज्नुपर्छ। मुद्दामा जानुपर्छ अब।’
यसैगरी दलित अभियन्ता सुशील विश्वकर्माले पनि स्थानीय दलितलाई उनीविरुद्ध प्रहरीमा जाहेरी दिन अनुरोध गरेका छन्।
‘धरान उपमहानगरनगरपालिकामा धर्ना र प्रहरीमा जाहेरी दिने काम स्थानीय साथीहरूले गरौँ’, उनले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘अनि देशव्यापी दबाब सिर्जना गरौँ। धरानका मेयरलाई बहिष्कार गरौँ।’
Shares
प्रतिक्रिया