ad ad

राजनीति


निर्वाचनको मतपरिणाम प्रतिवेदन लिएर राष्ट्रपतिकहाँ पुगे आयोगका पदाधिकारी

निर्वाचनको मतपरिणाम प्रतिवेदन लिएर राष्ट्रपतिकहाँ पुगे आयोगका पदाधिकारी

फाइल।


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १०:२९, काठमाडौँ

निर्वाचन आयोगले आम निर्वाचन–२०७९ को मतपरिणामसहितको प्रतिवेदन बोकेर निर्वाचन आयोगका प्रमुख आयुक्तसहितको टोली राष्ट्रपति कार्यालय पुगेको छ। 

निर्वाचनको पूर्ण मतपरिणामसहित प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयोगका अधिकारीहरू केहीबेर अघि राष्ट्रपति कार्यालय, शितलनिवास पुगेको राष्ट्रपतिका प्रेस सल्लाहका टिका ढकालले नेपालखबरलाई जानकारी दिए। 

मतदान सम्पन्न भएको करिब तीन सातापछि आयोगले राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्न लागेको हो।

निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्नुपर्ने प्रावधानबमोजिम बिहीबार प्रतिवेदन पेस गर्न लागिएको हो। 

प्रदेशको  हकमा  प्रदेश  प्रमुखसमक्ष  पुस  २  गते  प्रदेश सभा सदस्य निर्वाचनको प्रतिवेदन आयोगका पदाधिकारीले प्रस्तुत गर्ने बताइएको छ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले मङ्सिर १२ गतेभित्र राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन प्रस्तुत गर्ने जनाउँदै मङ्सिर तेस्रो सातादेखि नै सरकार गठनको प्रक्रिया प्रारम्भ हुने गरी तयारी गरेको  बताएको थियो।

तर, तीन जिल्लामा पुनःमतदान भएको र समानुपातिक निर्वाचन  प्रणालीतर्फको  मतगणना  मङ्सिर तेस्रोसाता मात्रै सम्पन्न  हुँदा आयोगले ढिला गरी मतपरिणाम सार्वजनिक गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .