ad ad

राजनीति


राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

राष्ट्रपति भण्डारीले अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ९:४७, काठमाडौँ

नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्च र बहुजन शक्ति पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेको अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बुधबार संवाद डबली पत्रकार सम्मेलनको आयोजना गर्दै यी दुई दलले सो चेतावनी दिएका हुन्। 

बहुमत शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री बिसेन्द्र पासवानले राजनीतिक आन्दोलनको क्रममा विभिन्न व्यक्तिमाथि लगाइएका झुटा मुद्दा खारेज गरिनुपर्ने बताए। 

उनले सरकारले ल्याएको अध्यादेश सकारात्मक भएको भन्दै राष्ट्रपति भण्डारीले जारी गर्नेपर्ने धारणा राखे।

पासवानले सरकारले अध्यादेश ल्याउनु सकारात्मक भएको तर यतिमात्रै नपुग्ने भन्दै विना कारण जेल, कारागारमा राखिएकाहरुलाई क्षतिपूर्तीसहित आममाफी दिन माग समेत गरे।

पूर्वमन्त्री समेत रहेका पासवानले अध्यादेश पास नगरे राष्ट्रपतिको नाम इतिहासको कलंकित व्यक्तिको नाम सम्झिनु पर्ने अवस्था आउने चेतावनी समेत दिए। उनले भण्डारीलाई राष्ट्रपति बनाउन आफूहरुले सहयोग गरेको समेत दाबी गरे।

त्यस्तै, नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा। विजय सैजुले जेलसजाय भोगिरहेकाहरुलाई जेलबाट रिहाइ गर्नुपर्ने भन्दै एउटा जेलमा रहेको व्यक्तिले गर्दा परिवार बर्बाद हुने अवस्थमा रहेको समेत बताए । सैजुले अध्यादेश रोक्ने षड्यन्त्र भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नुपर्ने धारणा राखे।

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आरके खम्बुले राष्ट्रपतिले अध्यादेश तुरुन्त जारी गर्नुपर्ने धारणा राखे। अध्यादेश रोक्न खोज्नु भनेको देशमा द्वन्द्व बढाउने कुरा भएको बताए।

उनले कारागारमा रहेका रेशम चौधरीलाई जनताले अनुमोदन गरी सकेको बताउँदै अध्यादेश जारी गरेर रिहाई गरिनुपर्ने बताए।

कार्यक्रममा बक्ताहरुले शान्तिपूर्ण राजनीतिमा आउन चाहने शक्तिहरुलाई मुलधारमा ल्याउनु पर्ने आजको आवश्यकता भएको बताउँदै अध्यादेश अविलम्व जारी गरिनुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .