ad ad

कला


नम्रतालाई नफापेको ‘डेसान’

नम्रतालाई नफापेको ‘डेसान’

नेपालखबर
मंसिर २९, २०७९ बिहिबार १०:११, काठमाडौँ

अभिनेत्री नम्रता सापकोटाले फिल्म उद्योगमा लामो समय बिताइन्। उद्योगमा लामो समय बिताए पनि नम्रता अहिले पनि आफूलाई स्थापित गर्ने संघर्षमा छिन्। 

नम्रताले आफ्नो फिल्मी करिअरमा थुप्रै फिल्ममा अभिनय गरिन्। तर उनले खेलेका फिल्ममध्ये ‘छक्का पन्जा’बाहेक फिल्मले व्यावसायिक सफलता हासिल गर्न सकेनन्। ‘छक्का पन्जा’ सफलताको जस पनि नम्रताले लिन पाइनन्। दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले बनाएको फिल्म भएकाले फिल्म सफलताको जस पनि उनीहरुले नै लिए।

नम्रता बेलाबेला विभिन्न स्क्यान्डलका कारण चर्चामा रहिन्। तर उनको कामको खासै चर्चा भएन।

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘डेसान’बाट नम्रताले राम्रो चर्चा पाउने आश गरेकी थिइन्। यो फिल्मले व्यावसायिक सफलता पाउने अपेक्षा गरेकी थिइन्। तर फिल्म सफल हुन सकेन।

अभिनयको राम्रो तारिफ भए पनि फिल्मले सफलता नपाउँदा नम्रताको करिअरले रफ्तार लिन भने सकेको छैन। नम्रताको करिअरमा ‘डेसान’ पनि फाप्न सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .