राजनीति


गोकुल बाँस्कोटा भन्छन् : कम्युनिस्ट र कांग्रेसबीच नामबाहेक केही फरक छैन

गोकुल बाँस्कोटा भन्छन् : कम्युनिस्ट र कांग्रेसबीच नामबाहेक केही फरक छैन

गोकुल बाँस्कोटा


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ७:२७, काठमाडौँ

नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपालका कम्युनिस्ट र कांग्रेस पार्टीबीच नाम मात्र फरक भएको अरू केही फरक नभएको बताएका छन्। 

अर्जुन आचार्यले आफ्नो ट्विटरमा फुटबल खेलाडी मेस्सीले मुठ्ठी उचालेको तस्बिर राख्दै उनले लाल सलाम गरेको ठानेर नेपालका कम्युनिस्ट पार्टीले समानुपातिकमा त राख्दैनन् भनेर गरिएको व्यंग्यमा बाँस्कोटाले यहाँ कम्युनिस्ट र कांग्रेसबीच नामबाहेक कुनै भिन्नता नभएको टिप्पणी गरेका हुन्। 

‘म कसरी जान्नु उनी कम्युनिस्ट हुन् वा होइनन् भनेर’, नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बाँस्कोटाले लेखेका छन्, ‘तर नेपालमा कम्युनिस्ट–कांग्रेसमा खासमा केही पनि फरक छैन। खाली पार्टी र नेताका नाम फरक लाग्छ मलाई।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .