ad ad

राजनीति


रेशमबारे रञ्जिताले गगनलाई भनिन् : एक पटक धनगढीमा गरेको भाषण सम्झिनू

रेशमबारे रञ्जिताले गगनलाई भनिन् : एक पटक धनगढीमा गरेको भाषण सम्झिनू

डिल्ली बजार जेल परिसरमा पुगेकी रञ्जिता श्रेष्ठ चौधरी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर २६, २०७९ सोमबार १६:४६, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई कैलालीको धनगढीमा गरेको भाषण स्मरण गर्न सुझाव दिएकी छन्। 

टीकापुर हत्याकाण्डमा दोषी ठहर भइ बनदी जीवन बिताइरहेका रेशम चौधरीलगायतलाई रिहाई गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएपछि उनले थापालाई धनगढीमा गरेको भाषण स्मरण गर्न सुझाव दिएकी हुन्। 

‘गगन थापा र विश्वप्रकाशले पनि विरोध गरेका छन्। मैले पनि सामाजिक सञ्जालमा हेरेँ। धनगढीमा के बोलेको थियो त्यसलाई स्मरण गर्नुस् भन्छु गगन थापालाई,’ अध्यक्ष श्रेष्ठले नेपालखबरसँग भनिन्, ‘रेशम चौधरीजीको नाम लिएर के भाषण गर्नुभएको थियो सम्झिदिनु होला। अहिले पनि रेकर्ड होला, उहाँले बोलेको कुरा बिर्सिनु हुन्न होला।’

महामन्त्री थापाले विगतमा पार्टीले पटक-पटक अध्यादेश ल्याउनु गलत भनेर निर्णय गरिसकेको स्मरण गरउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’ 

सरकारको अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियाका बारेमा महामन्त्री विश्वप्रकाश शर्माले राखेको धारणा शत प्रतिशत सही भएको उल्लेख गर्दै उनले उक्त धारणा पार्टीकै धारणा र मान्यता भएको पनि स्पष्ट पारेका छन्।

नेपालखबरसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले रेशमबारे कांग्रेस महामन्त्री थापासँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि बोलेको बताइन्।   

‘केपी ओलीले पनि बोल्नु भएको छ। प्रचण्डले पनि बोल्नु भएको छ,’ उनले भनिन्, ‘गगन थापाले किन उल्टो कुरा गर्नुभयो थाहा भएन। मलाई रेशमजी र टीकापुरका जनतासँग पनि उहाँले कुरा गर्नु होला।’

आफूहरु न्यायको खोजीमा रहेको भन्दै श्रेष्ठले अध्यादेश जारी भएर कागजी प्रक्रिया पूरा गरेर रेशम जेलमुक्त हुने पनि बताइन्।

‘हामी न्यायको खोजीमा छौं,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘अहिले छुट्ने, आजै छुट्ने हुँदैन। अध्यादेश जारी हुँदैछ। कागजी प्रक्रिया पूरा भएपछि छुट्नु हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .