ad ad

कारोबार


दुवईमा पुगेर राजेश हमालले गरे इसेवा मनीको ‘मेरो डिजिटल देश’ प्रवर्द्धन

दुवईमा पुगेर राजेश हमालले गरे इसेवा मनीको ‘मेरो डिजिटल देश’ प्रवर्द्धन

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १६:५०, काठमाडौँ

नेपाली चर्चित अभिनेता राजेश हमालले दुवईमा पुगेर ‘मेरो डिजिटल देश’को प्रवर्द्धन गरेका छन्। 

यो अभियान लुलु एक्सचेन्ज एन्ड इसेवा मनी ट्रान्सफरको ग्लोबल इनिसिएटिभ हो। लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरकै निमन्त्रणामा हमाल दुवई पुगेका हुन्। 

युएईमा रहेका नेपालीमाझ औपचारिक रुपमा डिजिटल कारोबार गर्ने लक्ष्यसाथ यो अभियान ल्याइएको हो। 

भ्रमणका क्रममा उनी धेरै क्याम्पमा सहभागी भएका थिए। उनले लुलु एक्सचेन्जका आउटलेट ब्रान्चहरु बुर दुबाई, जेबेल अलि शपर्स मल, मदिनात जायेद र शाबिया मलमा भ्रमण गरेका थिए। 

सो क्रममा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकालसँग पनि हमाल र कम्पनीका प्रतिनिधिहरुले भेटवार्ता गरेका थिए। 

लुलु एक्सचेन्जका उपमहाप्रबन्धक शफीज फाजेल, एफ१ सफ्टका समूह रणनीति निर्देशक ड्यानियल डी श्रेष्ठ र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला उक्त भेटमा सहभागी थिए। 

सो क्रममा अन्तर्सीमा रेमिट्यान्स इकोसिस्टममा जोडिने एक्सचेन्ज हाउस, पेआउट रेमिट्यान्स कम्पनी र नेपाली राजदूतावासले सहकार्य गरेर औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउनतिर प्रेरित गर्न सकिनेमा जोड दिइएको थियो। 

इसेवा मनी ट्रान्सफर नेपालको मेरो डिजिटल देश छ महिने इनिसिएटिभ हो। आगामी मार्च २०२३ मा यो अभियान सकिन्छ। यूएईमा रहेका नेपालीले इसेवा मनी ट्रान्सफरबाट सिधै बैंक खातामा वा इसेवा वालेटमा रकम पठाउन सक्छन्। 

यसरी हरेक महिना पैसा पठाउनेलाई कम्पनीले उपहारको व्यवस्था गरेको छ भने एक जनालाई काठमाडौं उपत्यकामा घर जित्ने अफर पनि रहेको छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .