ad ad

राजनीति


ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

ओली र केसीबीच बालकोटमा २ घण्टा वार्ता

भेटवार्ताका तस्बिर : अर्जुननरसिंह केसीको सचिवालय


नेपालखबर
मंसिर २६, २०७९ सोमबार ८:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ। 

केसीको सचिवालयका अनुसार अध्यक्ष ओलीको निमन्त्रणामा केसी आइतबार साँझ ओलीकै निवास बालकोट पुगेर भेटवार्ता गरेका हुन्। 

झन्डै २ घण्टा भएको भेटमा नयाँ सरकार गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे दुई नेताबीच छलफल भएको थियो। 

साथै जनजीविकाका सवालमा उठेका आवाज सामूहिक रूपमा समाधान गर्ने प्रतिबद्वता व्यक्त गर्दै उनीहरूले अर्थतन्त्र सुधारका सन्दर्भमा दलबीच एकता  र सहकार्य आवश्यक रहेको औंल्याए। 

साथै भेटवार्तामा द्वन्द्वकालीन मुद्दा, चुच्ने नक्सा अनुसारको भूगोल फिर्ता गर्न भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुनुपर्ने, भ्रष्टाचारविरुद्व एक भई लड्ने प्रतिबद्वता, पेट्रोलियम पदार्थको मूल्य घटाउने विषयमा पनि दुई नेताबीच छलफल भएको केसीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएसँगै सरकार गठन तथा सहकार्य सम्बन्धमा नेताहरूले भेटवार्तालाई तीव्रता दिएका छन्। चुनावमा कसैको स्पष्ट बहुमत नआएकाले गठबन्धनको सरकार बन्ने निश्चित छ। यसबीच कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा पनि चलिरहेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .