नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले अहिले पनि मुलुक जटिल राजनीतक मोडमा रहेको बताएका छन्।
आज राजधानीमा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै सिंहले राजनीतिक स्थायित्व प्रदान गर्नु अहिलेको प्रमुख चुनौती भएको बताए।
नेता सिंहले देशलाई विकासको बाटोमा अगाडि बढाउन नागरिकका सुझाव सधैँ आवश्यक रहेको बताएका छन्।
जनताले आफूलाई चौथोपटक पनि विश्वास गरेर मत दिएकाले आफू गम्भीर बनेको उल्लेख गर्दै उनले अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने वाचा गरे।
36
Shares
प्रतिक्रिया