ad ad

राजनीति


समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो बैठक

समानुपातिक सांसद छान्न कांग्रेसले बोलायो बैठक

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १३:१०, काठमाडौँ

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसले पर्सि शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो। 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिए। 

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ। 

बैठकमा समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुका बारेमा छलफल हुने बताइएको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .