ad ad

राजनीति


कांग्रेस पूर्व उपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट

कांग्रेस पूर्व उपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १२:५१, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको बताइन्। 

कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न बिदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन्।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .