ad ad

राजनीति


लापसे र मापसे गरेर गाडी चलाउने चालकविरुद्ध प्रहरीले चलाउन थाल्याे मुद्दा

लापसे र मापसे गरेर गाडी चलाउने चालकविरुद्ध प्रहरीले चलाउन थाल्याे मुद्दा

फाइल।


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार ७:२०, काठमाडौँ

प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवन) र लापसे (लागु पदार्थ सेवन) गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही मात्रै होइन अब मुद्दा चलाउन थालेको छ।

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सवारीसाधन जाँच अभियानका क्रममा स्कुलका बस चलाउने चालकले मापसे र लापसे गरेको फेला परेपछि त्यसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको प्रहरीले सार्वजनिक अपराधका साथै सम्बन्धित कसुरमा मुद्दा नै चलाउन थालेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।
    

‘लागुऔषध र मापद पदार्थ खाएर सवारी चलाउनु यात्रुको जीउ ज्यानमा खेलवाड गर्नु हो। त्यसैले त्यसरी सवारी चलाउने चालकलाई मुद्दा नै चलाउन थालिएको छ’, उनले भने। केही अघि मात्रै काठमाडौँको फर्पिङमा ना १ ज ८४६९ नम्बरको सुमो चालक काभ्रेपलाञ्चोकको पनौतीका ४४ वर्षीय नवराज केसीले मापसे गरेको फेला प¥यो। उनलाई प्रहरीले अभद्र व्यवहार गरेको आरोपसहित मुद्दा चलायो। उनीमाथि कीर्तिपुर प्रहरीले अदालतबाट म्याद थप गरेरै कारबाही प्रक्रिया अघि बढाएको छ। 
आइतबार पनि त्यसैगरी लागुऔषध सेवन गरेर सवारीसाधन चलाएका पाँच चालक फेला परे। उनीहरु विरुद्ध पनि लागुऔषध सेवनको कसुरमा पाँच दिन म्याद थप गरेर मुद्दा अघि बढाइएको प्रहरीले जनाएको छ। 

लागुऔषध सेवन गरी सवारीसाधन चलाएको फेला परे पनि उनीहरुलाई काठमाडौँको तार्केश्वर नगरपालिका–८ शेषमती पुलबाट नियन्त्रणमा लिइएको थियो। 

यस्ता घटनाहरु पछिल्ला समयमा बढ्दो क्रममा देखिएकाले कडाइका साथ अभियान चालिएको प्रहरीले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र नेपाल प्रहरी अस्पतालको संयुक्त टोली नै यस अभियानमा खटिने गरेको छ।

यसरी मुद्दा चलाइएकामा दीपेश सुनुवार, रोशन तामाङ, प्रलाद लामा, मोहन विक र अमित थापा मगर रहेका छन्। उनीहरुलाई किटको प्रयोग गरी पिसाब  जाँच गर्दा लागुऔषध सेवन गरेको पाइएको थियो। उनीहरुमाथि प्रहरी वृत्त बालाजुले थप अनुसन्धान समेत गरिरहेको छ। 

मापसे र लागुऔषध सेवन गरी सवारीसाधन चलाउँदा दुर्घटना बढ्ने र यसले जीवन क्षतिको जोखिम पनि हुने भएकाले सम्भावित जोखिम कम गर्न उक्त अभियान थालिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .