ad ad

राजनीति


जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक : अध्यक्ष तिमिल्सिना

जापानबाट आर्थिक विकास र समृद्धि सिक्न आवश्यक : अध्यक्ष तिमिल्सिना

नेपालखबर
मंसिर १८, २०७९ आइतबार ७:७, काठमाडौँ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जापानबाट राजनीति, आर्थिक विकास र समृद्धिबारे सिक्ने कुरा धेरै भएको बताएका छन्।

जापानिज युनिभर्सिटिज आल्मुनाइ एशोसिएशन नेपाल ९जुवान०ले आज यहाँ आयोजना गरेको ‘जापान: विगत, वर्तमान र भविष्य’  विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले नेपालको आर्थिक विकास र शिक्षाका क्षेत्रमा जापानले गरेको लगानी र सहयोग कहिल्यै बिर्सन नहुने बताए।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक शुद्धीकरणका लागि बौद्धिक जगतको भूमिका महत्वपूर्ण हुने बताए। नेपालमा लामो सङ्घर्षपछि प्राप्त उपलब्धिमाथि अहिलेको निर्वाचनको नतिजाले केही खतरा रहेको सङ्केत देखिएको उनको भनाइ छ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा अहिलेको बहुदलीय प्रतिस्पर्धामा दलको विकल्प नभएको भन्दै स्वतन्त्रप्रतिको आकर्षण बढ्नु राम्रो सङ्केत नभएको बताए।

अध्यक्ष तिमिल्सिनाले अहिलेको व्यवस्था जोगाउने दायित्व राजनीतिक दलसँगै बौद्धिक समूदायको पनि भएको बताउँदै भने, ‘सुशासन, भ्रष्टाचार र देशमा भएको बेथिति रोक्नका लागि नेता र राजनीतिक दललाई निष्पक्ष सुझाव दिनुहोला । दलप्रति वितृष्णा बढ्नु राम्रो होइन।’

अहिलेको निर्वाचनमा पनि अधिकांश पुरानै नेता दोहोरिएर निर्वाचित भएकाले सरकारको नेतृत्व पनि उनीहरूले नै गर्ने देखिएको अध्यक्ष तिमिल्सिनाले बताए।

कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले जापानमा उच्च शिक्षा हासिल गरेर नेपाल आउनुभएका सबैलाई उच्च सफलताको शुभकामना व्यक्त गरे। उनले नेपालमा हालै सम्पन्न निर्वाचनलाई निष्पक्ष हुनुपर्छ र लोकतन्त्र बालियो हुनुपर्छ भनेर जापानले देखाएको शुभेच्छाप्रति धन्यवादसमेत व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .