ad ad

राजनीति


माओवादी र समाजवादीबारे नेम्वाङ : अब पानी बाराबार छाडौँ, मिलेर अघि बढ्ने समय आयो

माओवादी र समाजवादीबारे नेम्वाङ : अब पानी बाराबार छाडौँ, मिलेर अघि बढ्ने समय आयो

फाइल तस्बिर


नेपालखबर
मंसिर १६, २०७९ शुक्रबार १७:२३, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनबाट प्राप्त अभिमतलाई ध्यान दिँदै सरकार गठनसहितका विषयमा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्। 

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जनादेशअनुरुप टुङ्गोमा पुग्न विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद र छलफल सुरु गरेको बताए।

'जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ', उनले भने, 'एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ।' 

राजनीति भनेको सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनबारे विभिन्न कोणबाट विषय उठिरहेको उल्लेख गर्दै उनले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको बताए।

'अब त्यो चरण सकियो । हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ', संविधानसभा अध्यक्ष नेम्वाङले माओवादी केन्द्र र एकीकृत समाजवादीतिर लक्षित गर्दै भने। 

उनले तत्कालीन नेकपाबाट छुट्टिएको माओवादी र एमालेबाट विभाजन भई गठन भएको नेकपा (एकीकृत समाजवादी) सँग पनि सहकार्य हुनसक्ने सङ्केत गरेका छन्। 

प्रत्यक्षतर्फ कांग्रेस अगाडि भए पनि निर्वाचनको हालसम्मको परिणामले लोकप्रिय मत आफ्नो पार्टीलाई प्राप्त भएको उनले बताए। हालको राजनीतिलाई सुझबुझपूर्ण ढङ्गबाट अघि लैजान जिम्मेवारीपूर्वक सबैसँग छलफल र सल्लाह गर्ने उनको भनाइ थियो।

माओवादी र समाजवादीले कांग्रेस नेतृत्वकै सत्ता गठबन्धनमा अघि बढ्ने तयारी गरिरहँदा नेम्वाङ्गले विगतका कमाजेरी बिर्सेर एक ठाउँमा उभिनुपर्ने उल्लेख गरे।

‘जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमत बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्छ,’ नेम्वाङले भने, ‘एमाले जनताको यही सन्देशलाई आत्मसाथ गरेर कांग्रेसलगायत सबै दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .