ad ad

राजनीति


सरकारमा जान जनमत पार्टीले कांग्रेससँग राख्यो तीन शर्त

नेता साह भन्छन् : छलफल भएको हो, कुनै सहमति भएको छैन
सरकारमा जान जनमत पार्टीले कांग्रेससँग राख्यो तीन शर्त

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १९:५, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बुधबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलाई भेटेपछि दुई पक्षबीच सरकारमा जानेबारे सहमति भइसकेको बताए।

उनले कांग्रेस नेतृत्वको सरकारमा जानका लागि जनमत अध्यक्ष सहमत भएको सन्देश सञ्चारमाध्यमलाई दिएपछि त्यही अनुसारका समाचार प्रकाशित भए।

तर, जनमत पार्टीका एकजना नेता बीपी साहले सरकारमा जानेबारेमा कांग्रेससँग कुनै खालको सहमति नभएको बताएका छन्। 

उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. राउतबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भए पनि सहमति भइनसकेको उल्लेख गरेका छन्। 

'यो भेटघाटमा दुवै नेताले शुभकामना साटासाट गर्नुका साथै संघ तथा मधेश प्रदेश सरकार गठनका विषयमा छलफल गुर्नभएको छ', उनले भने, 'प्रधानमन्त्री देउवाले सहकार्य गर्ने प्रस्ताव राखेपछि अध्यक्ष डा. राउतले किसान आन्दोलनका माग, नागरिकता विधेयक र रोजगारी सिर्जना लगायत एजेण्डा उठाउनु भएको थियो।'

उनले आफ्ना यी तीन माग सम्बोधन भए मात्रै सरकारमा जान सकिने बताए। 'जनमत पार्टीको माग सम्बोधन हुने अवस्थामा जनमत पार्टी सत्ता गठबन्धनसँग सहकार्य गर्न सकारात्मक रहेको डा.राउतले प्रतिक्रिया दिनु भयो', साहले भनेका छन्। 

साहले दुवै नेताबीच पहिलो चरणको छलफल भए पनि कुनै निर्णयमा नपुगिएको बताएका छन्। 'पहिलो चरणको छलफलमा कुनै सहमति भएको छैन, थप छलफल गर्ने सहमति भएको छ', उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .