राजनीति


छोरीहरुसहित आराम गर्न सुकुटे पुगे प्रचण्ड, साथमा पूर्वसभामुख सापकोटा पनि

छोरीहरुसहित आराम गर्न सुकुटे पुगे प्रचण्ड, साथमा पूर्वसभामुख सापकोटा पनि

सुकुटेमा र्‍याफ्टिङ गर्न तयार प्रचण्डसहितको टोली


नेपालखबर
मंसिर १४, २०७९ बुधबार १६:५०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दालहाल प्रचण्ड पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई लिएर करिब ३ वर्षपछि बुधबार सिन्धुपाल्चोकको सुकुटे पुगेका छन्। 

सापकोटा सभामुख बन्नुअघि प्रचण्डसँगै सुकुटे पुग्ने गरेका थिए। तर यसबीचमा तीन वर्षसम्म दुवैजना सँगै सुकुटे आएका थिएनन्। 

प्रचण्डले २०७६ फागुन तेस्रो साता भएको सुकुटे महोत्सव उद्घाटन प्रचण्ड त्यहाँ पुगेका थिए।

त्यसबेला महोत्सवको समापन सभामुख सापकोटाले गरेका थिए। त्यसयता प्रचण्ड र सापकोटा पटक पटक एक्ला एक्लै सुकुटे पुगेका थिए।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष प्रचण्ड सुकुटे पुग्ने गर्छन्। 

प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा पार्टीका निकट विश्वासपात्र सभामुख सापकोटासँगै प्रचण्ड सुकुटे पुगेका हुन्। 

सुकुटेमा बसोबासको चाँजोपाजो माओवादी जिल्ला इन्चार्जसमेत रहेका हाल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पार्टीका पोलिटव्युरो सदस्य माधव सापकोटा सुबोधले मिलाउँदै आएका छन्। 

सुकुटेमा अध्यक्ष प्रचण्ड र सभामुख सापकोटालाई प्रतिनिधि सभा सदस्य सुवोध र बागमती प्रदेसभा सदस्य निर्वाचित सरल सहयात्री पौडेल र केन्द्रीय सदस्य अमृता नेपाल प्रभा लगायतले स्वागत गरे। 

सुकुटे पुगेलगत्तै अध्यक्ष प्रचण्डले परिवारका सदस्यसहित र्‍याफ्टिङ गरेका छन् । प्रचण्ड र सभामुख सापकोटा बुधबार सुकुटेस्थित सुकुटे बिचमा बास बस्नेछन्। 

प्रचण्डले तनाव भएकाले पर्यटकीय केन्द्र सुकुटेमा आराम गर्न जाने गरेका छन्। अरनिको लोकमार्गमा पर्ने सुकुटे क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ। 

ठूला सानासहित तीन दर्जन होटल र रिसोर्टले सुकुटेमा पर्यटकलाई सेवा दिँदै आएका छन्। 

काठमाडौंबाट करिब २ घण्टामा पुगिने सुकुटे बिचको मज्जा लिन र जलयात्राका लागि निकै आन्तरिक पर्यटक पुग्छन्। सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि सस्तो रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad