ad ad

राजनीति


बाजुरा र स्याङ्जाको मतगणना थाल्न कांग्रेसको आग्रह

बाजुरा र स्याङ्जाको मतगणना थाल्न कांग्रेसको आग्रह

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार १४:११, काठमाडौँ

सत्तारुढ दल नेपाली कांग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्ननिर्वाचन आयोगलाई आग्रह गरेको छ।

मंगलवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार धनराज गुरुङ, नेता प्रदीप पौडेल लगायतको टोली निर्वाचन आयोग पुगेर स्याङ्जा २ को मतगणना सुरु गर्न आग्रह गरेका हुन्। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरुलाई भेट गरेर नेताहरुले तत्काल मतगणना सुरु गर्न आग्रह गरेका हुन्। भेटपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले आयोगलाई तुरुन्त मत गणना कार्य सुरु गर्न आग्रह गरिएको जानकारी गराए। 

‘स्याङ्जा क्षेत्र नं. २ को मत गणना स्थगित भएको विषयमा निर्वाचन आयोगमा आएका हौँ। बाजुरामा पनि स्थगित गर्नु नपर्ने ठाउँमा
स्थगित भएको छ,’ उनले भने, ‘कयौँ ठाउँमा स्थगित गरेको सहज रुपमा फेरि गर्नु भनि भनिदिएको छ।’

उनले स्याङ्जा २ मा विधिवत् रुपमा निर्वाचन सम्पन्न भएको भन्दै मत गणना रोक्नु आवश्यक नभएको बताए। 

निर्वाचनको समय अवधिभर कुनैपनि घटना नघटेको जिकिर गर्दै वरिष्ठ नेता पौडेलले छानबिन समिति गठन गर्नु गलत भएको बताए।

‘स्याङ्जामा निर्वाचन आयोगले बनाएको मतपत्र अनुसार मत खसेको छ। त्यहाँ कुन मान्छे कहाँ छ भन्ने कुराको कुरा होइन, मतदाता नामावलीमा नाम भएका मानिसहरुको भोट खसेको छ,’ उनले भने, ‘अर्कोकुरा त्यसलाई विधिवत् रुपमा यो चुनाव भयो, मतदान सम्पन्न भयो भनेर सबै दल र त्यहाँका पदाधिकारीहरुले हस्ताक्षर गरेर, मुचुल्का गरेर पठाएको कुरालाई रोक्न आवश्यक थिएन।’

उनले छानबिन समिति बनाएर पठाउनु नै गलत भएको बताए।

‘५ बजेभित्र गरेर सबै सम्पन्न भइसकेपछि त्यो भित्र घटेको घटनामा छानबिन गर्ने हो। त्यो भित्र केही घटना घटेको छैन र केही भएको छैन भनेपछि ल्याएर कहाँ बाट कसले के उजुर गर्दैमा, बतासे उजुरले मत गणना रोक्नु हुँदैनथ्यो,’ वरिष्ठ नेता पौडेलले भने, ‘यो गलत भएको छ। तुरुन्त मतगणना होस्। बाजुरामा पनि तुरुन्त मत गणना होस्,’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .