महोत्तरी क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख बाट माओवादी केन्द्रका नेता भरतप्रसाद साह विजयी भएका छन्।
जसपाका राम श्रेष्ठ महतोलाई पराजित गर्दै साह मधेश प्रदेशसभामा विजयी भएका हुन्। साह मधेश सरकारका अन्तरिम मामिला, योजना तथा सञ्चारमन्त्रीसमेत हुन्।
साहले ८ हजार ३७१ मत ल्याएका छन् भने एमालेका महतोले ५ हजार ८७१ मत ल्याएका छन्। ०७४ को निर्वाचनमा पनि साह सोही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।
सो क्षेत्रबाट साहविरुद्ध ‘बागी’ उठेका माओवादी केन्द्रका विष्णुबहादुर योञ्जनले ४ हजार ६११ मत मात्रै ल्याएका छन्। सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार विनोदकुमार महतोले ४ हजार ६१३ मत ल्याएका छन्।
महोत्तरी १ को प्रतिनिधिसभा तर्फ भने मतगणना चलिरहेको छ। यो क्षेत्रमा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेल र एमालेमा लक्ष्मी महतो प्रतिस्पर्धामा छन्।
पछिल्लो मत परिणाम अनुसार पोखरेलले १४ हजार ७७० मत पाउँदा एमालेका महतोले १३ हजार ७३३ मत पाएका छन्। यो क्षेत्रमा पोखरेलले महतोलाई १ हजार ३७ मतले पछाडि पारेका छन्।
Shares

प्रतिक्रिया