झापा निर्वाचन क्षेत्र नम्बर २ (क)मा एमाले र ३ (क)मा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
झापा २ (क)मा एमालेका एकराज कार्की विजयी भएका छन् भने झापा ३ (क)मा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन्।
कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार एक सय एक मत प्राप्त गरेका छन्। कार्की र पोखरेलको मतान्तर १२ हजार ६ सय ५१ मत रहेको छ।
सो क्षेत्रमा ३८ हजार पाँच सय ४८ मत खसेको थियो। जसमा ती हजार तीन सय ३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
कार्कीले जीतसँगै दोस्रो पटकको प्रदेशसभाको यात्रा तय गरेका छन्। उनी २०७४ सालको संसदीय निर्वाचनमा समेत झापा २ को प्रदेशसभा १ बाट विजयी भएका थिए।
त्यसैगरी झापा ३ को प्रदेशसभा (क)मा कांग्रेसका भूमिप्रसाद राजवंशी विजयी भएका छन्। राजवंशीले २० हजार सात सय ७० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का वसन्त बानियाँले १९ हजार सात सय एक मत प्राप्त गरेका छन्। त्यो क्षेत्रमा ४५ हजार दुई सय ९५ मत खसेको थियो।
Shares
प्रतिक्रिया