फिफा विश्वकप अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ।
अल वार्कनस्थित अल जनौव स्टेडियममा खेलको पहिलो हाफमा फ्रान्सले अष्ट्रेलियाविरुद्ध २–१ को अग्रता बनाएको छ। फान्सका लागि एड्रिन रोबिट र ओलिभर जिरोटले एक एक गोल गरे।
खेलको नवौँ मिनेटमा १–० ले पछि परेको फ्रान्सले २७ र ३२ औँ मिनेटमा गोल गर्दै अष्ट्रेलियाविरुद्ध अग्रता लिएको हो।
खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। गुडविनले म्याथु लेकीको पासमा बललाई उत्कृष्ट फिनिसिङ दिए।
खेलको २२ औँ मिनेटमा मिच डुकेको प्रहार पोष्टको थोरैमाथिबाट बाहिरिदा अष्ट्रेलियाका अग्रता दोब्बर पार्नबाट चुक्न पुग्यो।
खेलको २७ औँ मिनेटमा एड्रिन रोबिटले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई खेलमा फर्काए।
२९ औँ मिनेटमा फ्रान्सका केलिएन एम्बापेको कर्नर प्रहार ओलिभर जिरोटको हेडर प्रहार पोष्टको नजिकबाट बाहिरिदा अग्रता दोब्बर पार्ने मौका गुमायो।
खेलको ३२ औँ मिनेटमा जिरुटले रोबिटको पासमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए। ३७ औँ मिनेटमा लगातार अष्ट्रेलियाको पोष्टमा आक्रमण बुनेको फ्रान्सको प्रहारले पोष्टको गति लिन सकेन।
खेलको ४२ औँ मिनेटमा एम्बापेको पासमा एन्थोनी ग्रिजम्यानको प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। ४५ औँ मिनेटमा केलियन एम्बापेको प्रहार पोष्टको माथिबाट बाहिरियो।
खेलमा लगातार आक्रमण बुनेको साविक विजेता फ्रान्सको सामु अष्ट्रेलियाका डिफेन्डरलाई धौ–धौ परेको छ। पहिलो हाफको अतिरिक्त समयमा अष्ट्रेलियाका ज्याक्सन इर्भाइनले गरेको प्रहार बाहिरिदा बराबरी गर्ने मौका गुमाएको थियो।
Shares
प्रतिक्रिया