ad ad

राजनीति


बिना मगर तारा लामा भन्दा दोब्बर मतले पछि परिन्

बिना मगर तारा लामा भन्दा दोब्बर मतले पछि परिन्

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २:३९, काठमाडौँ

कञ्चनपुर–१ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार तारा लामा तामाङको झण्डै दोब्बर मतले अग्रता कायम छ। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरभन्दा झण्डै दोब्बर मतले अगाडि छन्। 

निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले २ हजार ८०१ मत गणना हुँदा तामाङ १ हजार ४ सय ३९ मतले अगाडि रहेका जानकारी दिए। मगरले ८२६ मत पाएको पनि उनले बताए।

कञ्चनपुर–१ मा १६० मतका साथ नागरिक उन्मुक्ति पार्टी तेस्रो स्थानमा छ। 

निर्वाचन अधिकृतको कार्यालयले राति २ बजे सार्वजनिक गरेको नतिजाअनुसार प्रदेशसभा ‘क’ मा एमाले १ हजार २२२ मतका साथ पहिलो र नेपाली कांग्रेस ९९० मतका साथ दोस्रो स्थानमा रहेको जनाएको छ। 

यस्तै, प्रदेशसभा ‘ख’ मा ७९६ मतका साथ कांग्रेस पहिलो र ६५३ मतका साथ एमाले दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .