ad ad

राजनीति


चितवन–२ मा रवि लामिछाने दोब्बर मतले पछाडि

चितवन–२ मा रवि लामिछाने दोब्बर मतले पछाडि

नेपालखबर
मंसिर ५, २०७९ सोमबार २३:९, काठमाडौँ

चितवन–२ मा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णभक्त पोखरेलको अग्रता यथावत छ। 

पछिल्लो परिणाम अनुसार ३ हजार ९४५ मत गणना हुँदा उनी १ हजार ५६६ मतसहित पहिलो स्थानमा छन्। 

१ हजार ३३४ मतका साथ सत्ता गठबन्धनका लागि नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ दोस्रो स्थानमा छन्। 

उनीहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने पछ्याइरहेका छन्। उनको मत ८२६ छ । 

चितवन–२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार रविन अधिकारीले २२ मत पाए पनि अन्य उम्मेदवारहरुले दोहोरो अंक जोड्न सकेका छैनन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .