राजनीति


कम्युनिष्ट किल्ला सुनसरी १ मा राप्रपाको अप्रत्यासित अग्रता

सत्ता गठबन्धन र एमाले-जसपा धेरै पछाडि
कम्युनिष्ट किल्ला सुनसरी १ मा राप्रपाको अप्रत्यासित अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १८:५७, काठमाडौँ

कम्युनिष्टहरुको किल्लाका रुपमा परिचित सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले अप्रत्यासित अग्रता लिएको छ।

सुनसरी १ प्रतिनिधि सभातर्फको प्रारम्भिक परिणाम अनुसार राप्रपाका अशोक राईले १७४ मतसहित अग्रता बनाएक हुन्। 

त्यहाँ एमालेबाट विद्रोह गरेर स्वतन्त्र उठेका मनोज मेयाङ्बोले १४१ मत ल्याएर दोस्रो स्थानमा छन्। 

उता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उठेका सरिन गुरुङले ११३ मत ल्याउन सफल भएका छन्।

त्यस्तै सत्ता गठबन्धनको साथ पाएका माओवादी केन्द्रका मुक्साहाङ मेन्येङ्बोले ७० मत ल्याएका छन्। 

तर यहाँ एमालेको समर्थन पाएका जनता समाजवादी पार्टीका अशोक राईले केबल २५ मत मात्रै पाउँदै पाँचौँ स्थानमा खुम्चिएका छन्। 

प्रदेशमा पनि राप्रा
सुनसरी १ कै प्रदेशसभा 'क' मा पनि राप्रापले नै अग्रता बनाएको छ। 

त्यहाँ ३०० गणना हुँदा राप्रपाका उद्धव श्रेष्ठले १६० मतसहित अग्रता लिएका छन्। 

त्यस्तै सत्ता गठबन्धनबाट कांग्रेसका उमेश थापाले ८६ र एमालेका रमेश कुमार बस्नेतले २७ मत ल्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .