निर्वाचन आयोगले प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतगणना एकैपटक गर्ने भएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पत्रकार सम्मेलन गर्दै फरक फरक ठाउँमा राखेर एकैपटक समानुपातिक र प्रत्यक्षको मतगणना सुरु गर्ने बताए।
यसअघि प्रत्यक्ष तर्फको मत गणनाा सकिएरपछि मात्र समानुपातिक मत गणना गर्ने तयारी गरेपनि विशेष परिस्थिति बनेकोले समानुपातिकको मत पनि प्रत्यक्षसँगै गणनाा गर्न लागिएको उनले बताए।
अहिलेसम्म देशभर ६१ प्रतिशत मत खसेको उनले बताए।
देशभर १५ ठाउँमा मतदान स्थगित भएको छ।
138
Shares

प्रतिक्रिया