ad ad

खेल


विश्वकप : घरेलु टोली कतारलाई इक्वेडरको पहिलो गोल

विश्वकप : घरेलु टोली कतारलाई इक्वेडरको पहिलो गोल

नेपालखबर
मंसिर ४, २०७९ आइतबार २२:९, काठमाडौँ

फिफा विश्वकपको उदघाटन खेलमा घरेलु टोलीविरुद्ध इक्वेडरले अग्रता बनाएको छ। 

अल बेत रंगशालामा इक्वेडरले घरेलु टोलीविरुद्ध १–० को अग्रता बनाएको हो। 

खेलको १५ औँ मिनेटमा कतारलका खेलाडीले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो। 

पेनाल्टीमा गोल गर्दै इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले गोल गर्दै  सुरुवाती अग्रता बनाएको हो। 

खेलको तेस्रो मिनेटमा नै इक्वेडरका लागि इनर भ्यालेन्सियाले गोल गरेपनि भिडियो असिस्टेन्ड रेफ्रि (भीएआर) को मद्धतमा रेफ्रीले अफसाइड दिएका थिए। 

कतार विश्वकपको उद्घाटन खेलमा आइतबार आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भैरहेको छ। 

दक्षिण एशियाली राष्ट्र कतारले पहिलो पटक ठुलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन लागेको हो। उता दक्षिण अमेरिकी राष्ट्र इक्वेडर भने आठ वर्षपछि विश्वकपमा पुनरागमन गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .