प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण भएको बताएका छन्।
गृहजिल्ला डडेल्धुरामा रहेका देउवाले सामाजिक सञ्जालमार्फत प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका हुन्।
'यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु', उनले भनेका छन्, 'साथ निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चारकर्मी र राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवेक्षक लगायत सबैमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु।'
39
Shares

प्रतिक्रिया