कञ्चनपुरमा ६२ दशमलव ४४ प्रतिशत मत खसेको छ।
प्रतिनिधि र प्रदेश सभा चुनावअन्तर्गत आइतबार भएको मतदानमा करिब ६२ दशमलव ४४ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत धु्रवकुमार शाहले जानकारी दिए।
अहिले मतपेटिका संकलन गर्ने काम भइरहेको उनले बताए। ‘१०-११ बजेसम्म बाकस बुझेपछि सर्वदलीय बैठक बस्छ,’ उनले भने, ‘सम्भव भए राति नै गर्छौँ, नभए भोली बिहान ८ बजेदेखि मतगणना हुन्छ।’
प्रतिनिधि सभाका तीन क्षेत्र रहेको कञ्चनपुरमा कुल तीन लाख २ हजार ५०९ मतदाता रहेका छन्। मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ।
102
Shares
प्रतिक्रिया