ad ad

राजनीति


लुम्बिनी प्रदेश : मध्यान्हसम्म २५ प्रतिशत मत खस्यो, रुपन्देहीमा सबैभन्दा बढी

लुम्बिनी प्रदेश : मध्यान्हसम्म २५ प्रतिशत मत खस्यो, रुपन्देहीमा सबैभन्दा बढी

नेपालखबर
मंसिर ४, २०७९ आइतबार १३:३२, काठमाडौँ

लुम्बिनी प्रदेशमा मध्यान्हसम्म २५ प्रतिशत मत खसेको छ। १२ वटा जिल्ला रहेको यो प्रदेशमा शहरी र तराईका जिल्लामा बढी मत खसेपछि पहाडी जिल्लाहरुमा भने मतदानको गति सुस्त छ। 

मध्यान्ह १२ बजेसम्मरुपन्देहीमा ४१ प्रतिसत मत खसेको छ। रूकुममा ३७ प्रतिशत, कपिवस्तुमा २८ प्रतिशत मतदान भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ। 

प्रहरी प्रवक्ता एसपी नवरत्न पौडेलका अनुसार केही छिटपुट अवरोध बाहेक सबै ठाउँमा शान्तिपूर्ण मतदान भइरहेको छ। 

गुल्मीको मालिकामा विवादका कारण केहीबेर मतदान स्थगित भएको थियो। क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यालयमा प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै सत्तारूढ गठबन्धनका कार्यकर्ताले विरोध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएपनि विवाद मिलेपछि मतदान सुचारु भएको छ।

पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा समानुपातिक तर्फको मतपत्र प्रदेश र प्रतिनिधि सभामा सट्टापट्टा भएपछि मतदान प्रभावित भएको थियो।

कर्मचारीको गल्तीले प्रदेशको मत संघको बाकसमा, संघको मत प्रदेशको बाकसमा खसेपछि  खसेको ६८ मत रद्ध गरि पुन मतदान सुरु भएको थियो। 

बर्दिया गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्र नजिक बम विफोट भएकाले केहीबेर मतदान रोकिएको थियो। रोकिएको मतदान सुरु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .