ad ad

राजनीति


भोट हालेपछि ओलीको दाबी : मंसिर १५ सम्म एमालेले बहुमतको सरकार बनाउँछ

गठबन्धनले एमाले कार्यकर्तामाथि आक्रमण गरेको आरोप
भोट हालेपछि ओलीको दाबी : मंसिर १५ सम्म एमालेले बहुमतको सरकार बनाउँछ

भक्तपुरको बालकोटबाट मतदान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:५१, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतवार भइरहेको निर्वाचनबाट पार्टीले बहुमत ल्याउने बताएका छन्। 

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालय भक्तपुर मतदान केन्द्रबाट मतदान गरेपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा ओलीले यस्तो बताएका हुन्। 

उनले जनताले आफ्नो भाग्य र भविष्य निर्धारण गर्ने चुनावको महत्व घटाउने प्रयास भइरहेको पनि बताएका छन्। 

'चुनावको महत्व घटाउन विभिन्न शक्ति लागेका छन्। युवाहरुलाई आवेगमा ल्याउने काममा लागिरहेका छन्', उनले भने, 'ती सबै कुरालाई सचेत नेपाली जनताले पराजित गरेका छन्।'

उनले रौतहटसहितका केही जिल्लामा हिंसात्मक गतिविधि भएको पनि बताए। सत्ता गठबन्धन एमालेका कार्यकर्तामाथि आक्रमण गरिरहेको पनि उनले बताए। 

'रौतहटमा झडप भएको सुनेको छु। रोल्पामा हाम्रो उपसचिवलाई हातपात भएको छ। चितवनको घटना आएको छ, जहाँ विप्लवका कार्यकर्ताले मतपेटिका जलाउन खोजेका छन्', उनले भने, 'अप्रिय कुरा आइरहे पनि आमरुपमा राम्रो भएको छ। शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न हुन्छ। जनताको सजगताले एउटा सन्देश दिएको छ।'

उनले आगामी मंसिर १५ भित्र एमालेको बहुमतको सरकार बन्ने बताए। 'हाम्रो बहुमतको सरकार बन्छ। मंसिरभरी पनि लाग्दैन', उनले भने, 'सरकार बन्छ, हाम्रो सरकार बन्ने भएपछि गठबन्धन गर्नुपर्दैन। तर हामीसँग सहकार्य गरिरहेकालाई  सरकारमा ल्याउँछौँ।'

भिडिओ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .