ad ad

राजनीति


आज निर्वाचन : यसरी गर्ने मतदान (भिडिओ)

आज निर्वाचन : यसरी गर्ने मतदान (भिडिओ)

निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्याल।


नेपालखबर
मंसिर ३, २०७९ शनिबार १८:३६, काठमाडौँ

आज (आइतबार) देशैभर  एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ। निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको तयारी पूरा भएसँगै कसैको डर, त्रास, धम्की र प्रलोभनमा नपरी मतदान गर्न मतदाताहरूलाई आग्रह गरेको छ। 

मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने आयाेगले जनाएकाे छ।

एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने? भन्नेबारेमा अझैपनि केहीमा अन्यौलता हुनसक्छ। निर्वाचन आयोगले त्यस्ता अन्यौलता नरहोस् भनेर विभिन्न मतदाता शिक्षामुलक कार्यक्रमहरु चलाइरहेको छ।

विभिन्न संचारमाध्यम र सामाजिक सञ्जालमार्फत पनि मतदान गर्ने तरिकाबारे जानकारी गराउँदै आएको छ। भोलि हुने निर्वाचनमा एक जना मतदाताले ४ वटा छुट्टाछुट्टै मतपत्रमा मतदान गर्नुपर्दछ। प्रतिनिधिसभाका लागि २ वटा र प्रदेशसभाका लागि २ वटा मतपत्र हुन्छन्।

२ वटा छुट्टाछुट्टै निर्वाचन प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र प्रयोग गरिने निर्वाचन आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले जानकारी दिए। 

कसरी गर्ने मतदान?
१) मतदान केन्द्रमा गइसकेपछि सबैभन्दा पहिला प्रतिनिधिसभा उम्मेदवारका लागि दिइने मतपत्र अर्थात् पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र दिइन्छ। जुन सेतो मतपत्रमा रातो रङको मसिले छापिएको हुन्छ। यस मतपत्रको कुनै एक निर्वाचन चिन्हमा स्वस्तिक छाप हालेर १ नम्बर लेखेको मतपेटिकामा खसाल्नपर्नेछ। 

२) दोस्रो मतपत्र चाहीँ सेतो रङको पृष्ठभूमिमा कालो रङको मसिले छापिएको हुन्छ। यो प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्र हो। प्रतिनिधिसभामा कुनै राजनीतिक दलको एक निर्वाचन चिन्हमा स्वस्तिक छाप लगाएर मतदान गर्नुपर्ने हुन्छ। मतदान गरिसकेपछि २ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ। 

३) तेस्रो मतपत्र चाहीँ प्रदेशसभातर्फको हुन्छ। प्रदेशसभामा छान्नपर्ने उम्मेदवार छानेर स्वस्तिक छाप लगाई ३ नम्बरको मतपेटिकामा खसाल्नपर्ने हुन्छ। 

४) अन्तिममा, चौंथो मतपत्र यहाँले पाउनुहुनेछ। जुन प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र हो। प्रदेशसभामा हुने राजनीतिक दलहको कुनै एक चिन्हमा स्वस्तिक छाप हानेर ४ नम्बरको मतपेटिकामा मतपत्र खसाल्नपर्ने हुन्छ।

भिडिओ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .