ad ad

राजनीति


नागरिकता विवादमा आयोगले रविलाई सोध्यो : तपाईंको उम्मेदवारी खारेज किन गर्नु नपर्ने?

नागरिकता विवादमा आयोगले रविलाई सोध्यो : तपाईंको उम्मेदवारी खारेज किन गर्नु नपर्ने?

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १७:४८, काठमाडौँ

अमेरिकी पीआर त्यागेर नेपाली नागरिकता पुन:प्राप्तिको विषयलाई लिएर विवादमा परेका रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार लामिछानेलाई निर्वाचन आयोगले बुधबार स्पष्टीकरण सोधेको हो। 

लामिछानेले अमेरिकी पीआर लिएपछि नेपाली नागरिकता नत्यागेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिएपछि स्पष्टीकरण सोधिएको हो।

उजुरी परेलगत्तै आयोगले प्रतिनिधिसभा क्षेत्र नम्बर २ चितवनका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई आवश्यक कारबाही गर्न पत्र पठाएको थियो। 

त्यसैअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक साताको समय दिउर स्पष्टीकरण सोधेको चितवनका मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएकाछन्। 

‘तपाईँविरुद्ध आयोगमा उजुरी परेको छ। तपाईँलाई लागेको आरोप के सत्य हो? यदि सत्य हो भने तपाईंको उम्मेदवारी आयोगले खारेज किन गर्नु नपर्ने?', आयोगले सोधेको छ, 'स्पष्ट प्रमाणसहित एक हप्ताभित्र स्पष्टीकरण पेस गर्नु भन्ने व्यहोरासहितको स्पष्टीकरण सोधेका छौँ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवार लामिछानेको सचिवालयलाई स्पष्टीकरण पत्र बुझाइएको जानकारी दिएको छश्र 

उनले नेपाली नागरिकताबारे विवादमा आवश्यक प्रमाणसहित एक साताभित्र आयोगमा जवाफ दिनुपर्नेछ। 

लामिछानेको उम्मेदवारी खारेजी मागसहित मंगलबार उजुरी परेको थियो। 

लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता नत्यागेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै उजुरी परेको हो। 

राजकुमार पाण्डेले उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .