नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताएका छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा पोखरेलले एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताए।
उनले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताए। मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको उनले बताए।
‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ। हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ। हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौँ। नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ, विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित छ, त्यो उचाई अरु कसैले प्राप्त गर्न सकेका छैनन्,’ उनले भने।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने दाबी गरे। उनले नेकपा एमाले वचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसाबले संगठित र समर्पित रहेको बताए।
प्रतिक्रिया