ad ad

राजनीति


केपी ओलीविरुद्ध भीम रावलले लेखे व्यंग्यात्मक कविता

केपी ओलीविरुद्ध भीम रावलले लेखे व्यंग्यात्मक कविता

फाइल तस्बिर : केपी ओली र भीम रावल


नेपालखबर
कात्तिक २८, २०७९ सोमबार १३:२५, काठमाडौँ

पछिल्लो समय चुनावी सभाहरूमा एमाले कार्यकर्ताहरूले चर्काे स्वरमा नेता भीम रावलको नाम लिन थालेपछि अध्यक्ष केपी शर्मा ओली हैरान छन्। मन्तव्यकै क्रममा उनले झोक्किँदै र रावलको आलोचना गर्दै जवाफ दिने गरेका छन्। 

खासगरी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट एकल नाम सिफारिस हुँदासमेत आफ्ना विरोधी भएकै कारण भीम रावल र घनश्याम भुसाललाई टिकट नदिएपछि कार्यकर्तादेखि सञ्चारमाध्यमसम्म ओलीलाई प्रश्न गर्ने गरिएको छ। 

चुनावी सभामा होस् वा अन्तर्वार्तामा, भीम रावल र घनश्याम भुसालको नाम उच्चारण हुनासाथ ओली रिसाउने गरेका छन्। र, उनीहरू पार्टी विरोधी भएको आरोप लगाउने गरेका छन्।

चुनाव लड्ने टिकटबाट वञ्चित गर्नासाथ भुसालले एमाले छाड्दै गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिए पनि रावल भने पार्टीभित्रै रहेर अध्यक्ष ओलीको विरोध गरिरहेका छन्।

यसै क्रममा नेता रावलले ओलीको नाम नलिईकन उनीविरुद्ध ‘बोल्न बन्द गर’ शीर्षकमा व्यंग्यात्मक कविता लेखेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक उनको कवितामा ओलीको अहम् र निरंकुशताको चित्रण गरिएको छ। 

यस्तो छ रावलले लेखेको कविता :

बोल्न बन्द गर!     
मेरो माया लाग्छ भने मेरै पछि आऊ 
अरूसँग मोह भए डाँडै काटी जाऊ 
म त सुन्छु मेरै कुरा बोल्न बन्द गर 
मेरा संगी बलशाली छन् तिम्रो के को भर!

सोच्छु मैले जे जे कुरा शाश्वत हो त्यही नै 
गर्छु मैले जहाँ जस्तो हुन्छ त्यो सही नै,
को हौ तिमी सोध्ने मलाई प्रणाली कहाँ छ 
विधि त्यही हो दर्शन त्यही हो मेरो मन जहाँ छ।

जहाँ टेक्छु पाइला मैले त्यहीं हुन्छ धन्य 
किट पतंग सरी बन्छन् जो जो हुन्छन् अन्य
मेरो वाणी अमृत हो विष तिम्रा स्वर 
मेरो आयु अजर अमर 
तिमी हौ नश्वर।

हेर्नुहोस् रावलकै ट्विटर :   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .