लुम्बिनी


घनश्याम भुसालले ल्याए प्रतिवद्धतापत्र

बुद्धको मावली देवदहलाई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गर्ने
घनश्याम भुसालले ल्याए प्रतिवद्धतापत्र

नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १८:१२, बुटवल

रुपन्देही क्षेत्र नम्बर १ का उम्मेदवार घनश्याम भुसालले आफ्नो चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

तिलोत्तमाको चार नम्बरमा आयोजित कार्यक्रममा उनले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरे।

एमाले परित्याग गरेर भुसाल यो क्षेत्रबाट प्रतिनिधि सभाको स्वतन्त्र उम्मेदवार बनेका हुन्। तर उनलाई कांग्रेस, माओवादी केन्द्र लगायत ५ दलीय गठबन्धनको समर्थन छ।

भुसालको प्रतिबद्धता पत्रमा गौतमबुद्धको माओली क्षेत्र देवदहलाई अन्तर्राष्ट्रिय सम्पदामा समावेश गर्न पहल गर्ने उल्लेख छ। त्यसका लागि पुरातत्व विभागबाट उत्खनन् गराउने उनले बताए।

त्यस्तै, देवदहको बाह्रकुने कुवा, कन्यामाइ, बैरिमाइ, भवानीपुर, पाकडी वृक्ष, खयरडाँडा जस्ता पुरातात्विक स्थलको संरक्षण गरेर पर्यटकीय विकास गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ। देवदहमा लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गर्ने र त्यहाँ बौद्धकालिन अध्ययन अनुसन्धान केन्द्र स्थापना गर्ने प्रतिबद्धता पत्रमा लेखिएको छ।

देवदहका दुई क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन गर्ने, देवदह, ओमसतिया, रोहिणी तिलोत्तमालाई समेटेर बृहत चक्रपथ निर्माण गर्ने कुरा उल्लेख छ।

त्यस्तै, नदी तथा खोला प्रभावित १० स्थानमा तटबन्धको कार्य अघि बढाउने, कृषितर्फ कृषि उपज संकलन केन्द्र, शीत भण्डारको स्थापना लगायतका योजना रहेको भुसालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .