राजनीति


बाबुरामको तर्क : गठबन्धनले जितेमात्रै देशको विकास र संविधानको रक्षा हुन्छ

बाबुरामको तर्क : गठबन्धनले जितेमात्रै देशको विकास र संविधानको रक्षा हुन्छ

फाइल तस्बिर


नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार १२:५५, काठमाडौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताएका छन्। 

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं. १ को घरदैलो कार्यक्रममा आज सहभागी हुनुभएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए। 

'देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु', उनले भने। 

पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रहार भएकाले गठबन्धन बनेको सुनाए। 

गठबन्धनलाई बलियो बनाएमात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उनको तर्क छ। 

काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक-वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा (१) मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा (२)मा सुरजचन्द्र लामिछाने उम्मेदवार छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad