ad ad

राजनीति


सबै पार्टीलाई समन्वय गर्नसक्ने पार्टी कांग्रेस : प्रकाशमान

सबै पार्टीलाई समन्वय गर्नसक्ने पार्टी कांग्रेस : प्रकाशमान

नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १७:१३, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा संकट पर्दा निकास दिन सक्ने पार्टी नेपाली  कांग्रेस मात्रै भएको बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका सिंहले आज आफ्नै निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभामा बोल्दै कांग्रेसको जीत देशको विकास र जनताको समृद्धिका लागि आवश्यक रहेको बताए। 

कांग्रेसले परिवर्तनको नेतृत्व मात्रै गरेको नभई सबै राजनीतिक शक्तिहरुलाई समन्वय गर्नसक्ने पार्टी पनि हो भन्ने कुरा पटक पटक पुष्टि गरेर देखाइसकेको सिंहले बताए।

देशमा राजनीतिक अस्थिरता अन्त्य गर्न पनि कांग्रेसलाई मत दिनुपर्नेमा उनको भनाई थियो।

जेजति उपलब्धि हासिल भएन यिनको संरक्षण गरि  समृद्धिको अभियानको नेतृत्व गर्ने संकल्पका साथ कांग्रेस जनता माझ आएको भन्दै सिंहले भने, ‘चुनावी अभियानका क्रममा मिठा नारामा नअल्मलि जिम्मेवार र भरपर्दो राजनीति दल र नेता चुन्न म यहाँहरूलाई अपिल गर्छु।’  

संसदीय निर्वाचनको महत्व काठमाडौं १ का मतदाताले राम्रोसँग बुझेका छन् भन्दै सिंहले लोकतन्त्र र स्थायित्वको वकालत गरिरहेको कांग्रेसका पक्षमा मतदान गर्नेमा आफू ढुक्क भएको समेत बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .