निर्वाचन आयोगले मंसिर ४ गते हुन गइरहेको निर्वाचन अन्तर्गत प्रदेशसभातर्फ मोरङ क्षेत्र नं. ३ को ‘क’ मा नयाँ निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले कांग्रेसका लागि उम्मेदवार मनोनयनसहितको नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।
आयोगको निर्णय अनुसार कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने छ।
मतदान भने मंसिर ४ गते नै हुनेछ।
उम्मेदवार थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।
उनलाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। थापालाई डेंगुसँगै मंगलबार निमोनिया संक्रमण भएको थियो।
48
Shares
प्रतिक्रिया