राजनीति


केपी ओलीलाई प्रचण्डको चुनौती : तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनू

केपी ओलीलाई प्रचण्डको चुनौती : तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनू

फाइल तस्बिर


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार १४:२५, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को निर्वाचन नेपाली जनताका लागि जीवन मरणको लडाइँ भएको बताएका छन्। 

दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई बुधबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'संविधानको रक्षा गर्ने र उल्ट्याउनेबीच संग्राम हुँदैछ मंसिर ४ मा। एकातिर संविधान जोगाउने र अर्कातिर संविधान विरोधी गठबन्धन छ', उनले भने, 'संविधान च्यात्ने र लोकतन्त्रको हत्या गर्ने गठबन्धन केपी ओलीको नेतृत्वमा छ। यो निर्वाचन लोकतन्त्र र लोकतन्त्रविरोधीको बीचमा संघर्षका रुपमा आएको छ।' 

उनले हिजो युद्धका क्रममा नेपाली कांग्रेस र माओवादी आमने सामने भए पनि ओलीकै कारण एकैठाउँमा आइपुगेको बताए। 

'हामी हिजो युद्धमा आमनेसामने थियौँ माओवादी र कांग्रेस आमनेसामने थिए। केपी ओली सुध्रिए भनेर पार्टी एकता र गठबन्धन गरियो तर संविधान मास्न ढुकेर पो बसेका रहेछन्', उनले भने, 'जनताका अधिकार खोस्न बसेका रहेछन्।
बयलगाडावाला सिद्धान्तबाट उनी पछि हटेका रहेनछन्। परिवर्तन उल्ट्याउने षड्यन्त्रमा लागेका रहेछन्।'

उनले केपी ओलीले व्यवस्था उल्ट्याउन खोजेपछि हिजो युद्धमा भिडेको कांग्रेसससँग मिल्नुपरेको उनले बताए। 

'ओलीले अहिले बहुमत चाहियो भन्दा मलाई त लाज लाग्छ। दुईतिहाइ बहुमतको सरकार विघटन गर्ने संसद विघटन गर्ने केपी ओली अब कुन नैतिकताले जनतासँग बहुमत माग्छन्?', उनले भने, 'संविधान च्यात्न र सदन विघटन गर्न बहुमत चाहिएको हो? केपी ओलीालई मेरो चुनौती तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउन्।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad