सुर्खेतको चिङ्गाड गाउँपालिका मटेलामा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ।
मंगलबार साँझ पक्राउ परेका युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अमानवीय व्यवहार गरेको भन्दै ती युवकलाई मटेला प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अवलचिंगमा राखेको थियो।
उनलाई अमानवीय व्यवहार गरेको आरोप छ। पक्राउ परेका ती युवकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुधबार बिहान ल्याइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले अस्वभाविक गतिविधि गरेकोले उनलाई पक्राउ गरिएको बताए।
‘त्यहाँ भएको कार्यक्रमस्थलनजिकै अस्वभाविक गतिविधि गर्नुभएको थियो', उनले भने, 'त्यतिबेला प्रचण्डज्यु हिँडिसक्नु भएको थियो। प्रचण्डलेज्युको हेलिकोप्टर उडिसकेको थियो। त्यो कुरा प्रचण्डसँग जोडिएको होइन।’
तर प्रहरी स्रोतले कार्यक्रमस्थल सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लगाउन ल्याएको जुत्ताको माला झोलाबाट युवाले निकाल्न खोजेपछि नियन्त्रणमा लिएको जनाएको छ।
‘प्रचण्ड’लाई जुत्ताको माला लगाउन कार्यक्रमस्थलमै पुगेका ती युवा माओवादीकै पूर्वलडाकु रहेको खुलेको छ।
यद्यपि यो प्रकरणलाई लिएर प्रचण्डको सचिवालयले भने खण्डन गरेको छ। सचिवालयले प्रचण्डमाथि त्यस्तो कुनै खालको दुर्व्यवहारको घटना, दुर्व्यवहार प्रयास नभएको जनाएको छ।
Shares

प्रतिक्रिया