ad ad

राजनीति


कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पुनलाई

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पुनलाई

फाइल फोटाे


नेपालखबर
कात्तिक २१, २०७९ सोमबार १९:२८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छन्।

६ दिने भ्रमणको सिलसिलामा राष्ट्रपति भण्डारी सोमवार साँझ आइसल्याण्ड प्रस्थान गरेकी हुन्।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ को कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गरेकी हुन्।

१८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणमा निस्ककी छन्।

राष्ट्रपति भण्डारीको बिदाइमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत पुगेका थिए।

राष्ट्रपति आइसल्याण्ड प्रस्थानअघि उनलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने बताइएको छ। भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

उपराष्ट्रपति पुन कावा राष्ट्रपति
राष्ट्रपति भण्डारीको अनुपस्थितिमा गर्नुपर्ने कार्यसम्पादन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेगरी जिम्मेवारी तोकिएको छ। 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन गर्नुपर्ने कार्य उपराष्ट्रपतिबाट गर्नेगरी जिम्मेवारी तोकिएको उल्लेख छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .