ad ad

राजनीति


ललितपुरमा नमुना मतदान

ललितपुरमा नमुना मतदान

ललितपुर महानगरपालिका– ३ पुल्चोेकस्थित मदन स्मारक माद्यमिक विद्यालयमा भएको नमुना मतदानमा मतदान गर्दै। तस्बिर : माधवप्रसाद घिमिरे/रासस


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १८:४८, पाटन

जिल्ला निर्वाचन कार्यालय ललितपुरले शुक्रबार पुल्चोकमा गरेको नमुना मतदान कार्यक्रम सम्पन्न गरेको छ। ललितपुर महानगरपालिका वडा नं. ३ मदनस्मारक माविमा भएको नमुना मतदानमा ४८ पुरुष र ७४ महिला गरी १२२ जना सहभागीले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख  गोमा धमला घिमिरेले जानकारी दिए। 

प्रमुख धमलाले मतदान गर्ने तरिकाबारे जानकारी दिन नमुना मतदान कार्यक्रम सञ्चालन गरिएको बताए। ललितपुरका ६ वटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम गर्ने प्रमुख धमलाले जानकारी गराए। 

आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन कार्यालयले सबै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

ललितपुर महानगरपालिकाबाट सुरु भएको यो कार्यक्रम कात्तिक २० गते गोदावरी नगरपालिकाको वडा नं. ११ मा हुने छ। जिल्लाका अन्य चार स्थानीय तहमा भने कात्तिक २७ गते पछाडि मात्रै  सञ्चालन हुने धमलाले बताए। नमुना मतदानमार्फत मतदानका विषयमा आवश्यक जानकारी दिन लागिएको प्रमुख धमलाको भनाइ छ। 

नमुना मतदानले बदर मतको सङ्ख्या घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ। आसन्न निर्वाचनमा एक मतदाताले प्रत्यक्ष र समानुपातिक गरेर चार मतपत्रमा मतदान गर्नुपर्नेछ। 

निर्वाचनमा बदर मतको सङ्ख्या घटाउन मतदाता शिक्षा सञ्चालनको पनि तयारी भएको छ। समुदाय स्तरमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने जनाइएको छ। जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .