ad ad

राजनीति


तोसिमाको उम्मेदवारी बदर गर्न माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

तोसिमाको उम्मेदवारी बदर गर्न माग गर्दै निर्वाचन आयोग सर्वोच्चमा

तोसिमा कार्की


नेपालखबर
कात्तिक १८, २०७९ शुक्रबार १८:४९, काठमाडौँ

ललितपुर जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी बदरको माग गर्दै निर्वाचन आयोग सर्वोच्च अदालत पुगेको छ। 

सर्वोच्च अदालतबाट यही कात्तिक १५ गते तोसिमाको उम्मेदवारी कायम राख्न जारी भएको अन्तरिम आदेश बदर गर्न माग गर्दै आयोगले शुक्रबार सर्वोच्चमा निवेदन दिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. कार्की नेपाल मेडिकल काउन्सिलको सदस्यमा निर्वाचित भएर आर्थिक लाभको पदमा रहेको भन्दै आयोगले उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। आयोगले उम्मेदवारी खारेज गरिदिएपछि कार्की आयोगविरुद्ध सर्वोच्च पुगेकी थिइन्।

सर्वोच्चले आयोगको निर्णय कार्यान्वयन नगर्न मंगलबार अन्तरिम आदेश दिएको थियो।

न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी कायम राखेर निर्वाचन प्रक्रिया अगाडि बढाउन आयोगलाई आदेश दिएको हो। 

सोही आदेश बदर गर्न आयोगले सर्वोच्चमा निवेदन दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .