ad ad

राजनीति


सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ : विनोद चौधरी

सत्ताका लागि गरिने राजनीतिको आयु कम हुन्छ : विनोद चौधरी

नेपालखबर
कात्तिक १७, २०७९ बिहिबार १९:४०, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार विनोद चौधरीले केवल सत्ताका लागि गरिने राजनीतिको आयु कम हुने बताएका छन्।

राजनीतिको मूल प्रवाह विकास निर्माणसँग जोडिनु पर्ने बताउँदै चौधरीले युवा, महिला र सबै वर्ग अट्ने गरि स्पष्ट विकासको खाका कोरेर अघि बढ्नु पर्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।

वडा कार्यसमिति बर्दघाट १३ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले आम मतदाता र उमेदवारबीचको दूरी चिर्ने गरी आफू मैदानमा उत्रिएको जिकिर गरे।

संगठनको ऐक्यवद्धताले नै यो क्षेत्रको विकास र परिवर्तनना हातेमालो गरि अघि बढ्न सकिने उनको भनाई थियो।

आम कार्यकर्ता र मतदाताको भावनलाई समेटेर हिँड्नु र त्यसलाई सहि रुपमा दिशानिर्देश गर्ने गरि लागि पर्नु नै आफ्नो कर्तव्य हुने चौधरीले धारणा राखे।

चौधरी यतिबेला बर्दघाट नगरपालिकाका विभिन्न वडामा पार्टीले आयोजना गरेका कार्यक्रममा सहभागी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .