राजनीति


नेकपा स्थायी समिति बैठक आज पनि, बाँकी सदस्यले धारणा राख्ने

नेकपा स्थायी समिति बैठक आज पनि, बाँकी सदस्यले धारणा राख्ने

नेपालखबर
पुस २, २०७६ बुधबार ४:६,

नेकपा स्थायी समिति बैठक आज (बुधबार) पनि बस्दै छ।

बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बस्ने नेकपाले जनाएको छ।

स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले बैठक लम्बिएको हो। विगत तीन दिनदेखि नेकपा स्थायी समिति बैठक बसिरहेको छ।

मंगलबारको बैठकमा घनश्याम भुसाल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्रप्रसाद पाण्डे, अमृतकुमार बोहरा, बेदुराम भुसाल, रघुवीर महासेठ, केशव बडाल, विष्णुपुकार श्रेष्ठ, लेखराज भट्ट, शक्ति बस्नेत, मणि थापा र नन्दकुमार प्रसाईंले आफ्नो धारणा राखेका छन्।

भुसालले समाजवादउन्मुख कार्यभारअनुसारका चुनौती सामना गर्ने गरी पार्टीलाई नयाँ ढाँचामा पुनर्निर्माण गर्नुपर्ने निचोडसहित बैठकमा छुट्टै प्रस्ताव पेस गरेका हुन्।

भुसालले हरेक सदस्यको आधारभूत योग्यता तोक्न पनि प्रस्ताव गरेका छन्।

आजको बैठकमा बोल्न बाँकी स्थायी समिति सदस्यले आफ्नो धारणा राख्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad