छापा खबर


राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गाैला फेर्ने तयारीमा प्रधानमन्त्री

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गाैला फेर्ने तयारीमा प्रधानमन्त्री

नेपालखबर
पुस २, २०७६ बुधबार ३:५९,

अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ।

त्यसका लागि नातेदारहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन्। प्रत्यारोपणको समय पनि टुंगो लागेको छ, पुसको अन्तिम साता।

तर प्रत्यारोपणका लागि चाहिने स्वास्थ्यस्थितिको न्यूनतम सर्त पूरा नभएको अवस्थामा समय सर्न पनि सक्ने उपचारमा संलग्न एक चिकित्सकले जनआस्थालाई बताए भनेर आज बुधबारको जनआस्था साप्ताहिकले छापेको छ।

यसरी प्रत्यारोपणपछि कम्तीमा ३ महिना आराम गर्नुपर्ने बताइएको छ। त्यस अवधिमा सरकार वा पार्टीको पूर्ण जिम्मेवारी कसलाई दिने? यसबारे केही दिनमै निर्णय हुने बालुवाटार स्रोतले जनाएको छ।

यसैबीच केही बुद्धिजीवीमार्फत कुरा बाहिर आएका छन्- राष्ट्रपतिलाई केही कार्यकारी अधिकार प्रत्यायोजन गरेर प्रधानमन्त्री ओलीले आराम गर्ने।

प्रचण्डले पनि ०६४ मा कार्यकारी राष्ट्रपतिको एजेन्डा बोकेर चुनाव लडेका थिए। नेपालमा बेलायती मोडलको संसदीय व्यवस्था छ। यदि त्यसो गरियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि रोक्न सक्ने अवस्था देखिँदैन।

किनभने नेपाल वायुसेवा निगमको विवादास्पद वाइडबडी जहाज खरिदमा उनको संलग्नताका प्रमाणित आधारहरू छन्। त्यसैले विपक्षीले त्यस्तो कामलाई चुनौती दिन सक्ने सम्भावना छैन। यसबारे भित्र के पाक्दै छ, अहिलेसम्म सतहमा प्रकट भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad